काठमाडौँ । सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको हो ।सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसै गरि तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँ कायम छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । हिजो सोमबार १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।