![](https://onlinedabali.com/wp-content/uploads/2024/06/T-20-worldcup-india-winner-1.jpg)
काठमाडौँ । भारतले टी- २० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।
भारतले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो ।
यस अघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
यो सहित भारतले दोस्रो पटक टी- २० विश्वकपको उपाधि जितेको छ । यस अघि भारतले २००७ मा पहिलो टी- २० विश्वकप जितेको थियो ।
त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रीका भने उपविजेता बनेको छ ।