आज :

पुटिन र किमजोङबीच सात बुँदे सहमतिः आम सञ्चार क्षेत्रमा सहयोगदेखि आणविक ऊर्जाको प्रयोगसम्म

  • अनलाइन डबली

काठमाडौं । रुस र जनवादी गणतन्त्र कोरियाले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पार्न सक्ने तेस्रो देशहरूसँग कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।

रुसी समाचार एजेन्सी तासका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कोरियाको राजकीय भ्रमणका क्रममा दुई देशबीच बृहत रणनीतिक साझेदारीमा सहमति भएको छ ।

दुई देशले सात बुँदे सहमति जारी गर्दै कुनैपनि देशविरुद्ध आक्रामकताको अवस्थामा तत्काल पारस्परिक सहयोग प्रतिवद्धता पनि सहमतिमा उल्लेख छ ।

पुटिन र कोरियाका सर्वोच्च नेता किमजोङ उनले हस्ताक्षर गरेको सहमतिमा रुस र कोरियाले द्विपक्षीय व्यापारलाई बढावा दिन र आर्थिक सहयोगका लागि अनुकूल अवस्था सिर्जना गर्ने पनि सहमति भएको छ ।

त्यसैगरी मस्को र प्योङयाङ अन्तरिक्ष अन्वेषण, आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग, एआई, र आईटी क्षेत्रमा सहयोग विकास गर्न सहमत भएका छन् ।

दुई देशले ‘विकृत सूचना र सूचना उत्तेजकहरू’ लाई रोक्न आमसञ्चारको क्षेत्रमा सहयोगलाई बलियो बनाउने पनि सहमति गरेका छन् ।

रसिया र उत्तर कोरियाले युद्ध रोक्न र शान्ति सुनिश्चित गर्न रक्षा क्षमतालाई बलियो बनाउन नयाँ उपायहरूको प्रणाली सिर्जना गर्ने सहमति गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal