आज :

टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै

  • अनलाइन डबली

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदै छन् । आज सुपर आठको समुह २ को वेस्ट इन्डिज र इङल्याण्डबीच खेल हुदै छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदै छ ।

वेस्ट इन्डिजले समुह चरणका चारै खेल जितेर सुपर आठमा आएको हो भने ईङल्याण्डले भने ४ खेलमा दुई जित एक हार एक खेल बर्षाले रद्ध भएपछि अंक बाँडेर सुपर आठमा आएको हो । सेमिफाइनलमा पुग्न दुवै देशका लागि यो जित महत्वपूर्ण रहेको छ । सुपर आठको यस समुहमा अमेरिका र दक्षिण अफ्रिका रहेका छन् ।

वेस्ट इन्डिज र ईङल्याण्ड अहिलेसम्म टी-२० खेलमा २९ पटक आमने सामने भएका छन् । जसमा वेस्ट इन्डिजले १७ पटक जितेको छ भने ईङल्याण्डले १२ पटक जितेको छ । त्यस्तै घरेलु मैदान भएकाले वेस्ट इन्डिजले त्यसको फाइदा उठाउन सक्ने देखिन्छ ।

त्यस्तै आज दोस्रो खेल सुपर आठको समुह एक अन्तर्गत भारत र अफगानिस्तानबीच हुदै छ । बारबाडोसस्थित केंसिंगटन ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुदै छ ।

भारत समुह चरणमा ४ खेलमा ३ जित र एक खेल बर्षाले रद्ध भएपछि समुह ए मा शिर्ष स्थानमा रहदै सुपर आठमा पुगेको हो । त्यस्तै अफगानिस्तानले समुह चरणमा ४ मध्ये ३ खेलमा जित एक खेलमा हार बेहोरेर समुह सी मा दोस्रो हुदै सुपर आठमा पुगेको हो ।

अफगानिस्तानले अहिलेसम्म टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई हराउन सकेको छैन । अहिलेसम्म अफगानिस्तान र भारतबीच कुल ८ खेल भएका छन् । जसमा ७ खेल भारतले जितेको छ भने एक खेल रद्ध भएको थियो ।

दुवै देशका लागि सेमिफाइनलमा पुग्न यो खेल महत्वपूर्ण रहेको छ । यस समुहमा यी दुई देशका अलावा बंगलादेश र अस्ट्रेलिया रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal