आज :

सर्तका आधारमा युद्ध रोक्न सहमत पुटिन, खार्किभ कब्जा गर्ने योजना नभएको दाबी

  • अनलाइन डबली

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त राखेका छन् ।

समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरु अब उसको हिस्सा नै रहन्छन् ।

पुटिन युद्ध रोक्न तयार छन् भन्ने रिपोर्टहरू धेरै महिनादेखि चलिरहेको छ, तर यो रिपोर्ट यस्तो समयमा आएको छ जब मस्कोले उत्तर–पूर्वी युक्रेनको खार्किभ क्षेत्र विरुद्ध नयाँ आक्रमण सुरु गरेको छ।

‘यदि अवस्थित सीमा रेखाको बारेमा सहमति भयो भने, रुसीहरूले यसलाई आफ्नो जीत मान्नेछन्। तिनीहरूले पश्चिमबाट आक्रमणको बाबजुद आफ्नो सार्वभौमसत्ता कायम राखेको भन्न सक्छन्’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रोयटर्सलाई भने ।

उनले पुटिनले बारम्बार आफू वार्ताका लागि तयार रहेको र लामो युद्ध नचाहेको उदृत गरेका छन् ।

यद्यपि युक्रेनी राष्ट्रपति जेलेन्स्की पुटिनको सर्तमा कुनै पनि शान्ति सम्झौता स्वीकार गर्न चाहँदैनन्। उनले रुसी सेनाले कब्जा गरेको युक्रेनी क्षेत्र फिर्ता लिने वाचा गरेका छन् । यसमा सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया पनि समावेश छ।

यस महिनाको सुरुमा रुसले खार्किभमा लडाइँलाई तीव्र पारेको थियो। मे १० मा, रूसी सेना खार्किभमा एक किलोमिटर प्रवेश गर्यो। त्यसपछि जेलेन्स्कीले युक्रेनीहरूलाई सेनाबाट निष्कासन गर्न आदेश दिएका थिए ।

उनले सबै रिजर्व सैनिकहरूलाई पनि फिर्ता बोलाएका छन्, ताकि उनीहरूलाई खार्किभमा तैनाथ गर्न सकियोस्। खार्किभ रुसी सेनाका लागि महत्त्वपूर्ण छ किनभने उनीहरूले २०२२ मा त्यहाँ हार बेहोरेको थियो। सन् २०२२ मा खार्किभमा पराजयपछि रुसले कुनै पनि हालतमा खार्किभलाई जित्ने योजना बनाएको छ । तर, युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा रुस नरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले केही समय अघि चीन भ्रमणको क्रममा दाबी गरेका थिए ।

दुई वर्षअघि (हिजो) का दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेका थिए । त्यसबेला पुटिनले यसलाई सैन्य कारवाही भनेका थिए ।

यस आक्रमणका कारण हालसम्म ४० लाखभन्दा बढी युक्रेनी नागरिकले देश छाड्नुपरेको छ । यी मानिसहरू अहिले अन्य देशहरूमा शरणार्थीहरू जस्तै जीवन बिताइरहेका छन्। स्वदेशमै ६५ लाखभन्दा बढी युक्रेनी घरबारविहीन भएका छन् ।

युक्रेनका १० हजार नागरिकको मृत्यु भएको छ भने १८ हजार ५ सय घाइते भएका छन् । युक्रेनले रुसले ३.९२ लाख सैनिक गुमाएको दाबी गरेको छ । यसैबीच अमेरिकाले रुसका ५ सय कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यहाँ रुसले युरोपेली संघ (ईयू)का धेरै कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal