सुनको मूल्य आज इतिहासकै सर्वाधिक महँगो भएको छ। आज सुन प्रतितोला एक लाख ४० हजार कायेम हुदा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य बिन्दुमा पुगेको हो।
अघिल्लो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य एक लाख ३९ हजार तीनसयमा पुगेर ओरालो लागेको थियो।
यसै गरि तेजावी सुनको मूल्य पनि आज प्रतितोला रु एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको छ।
बुधबार १ हजार ७४५ प्रति तोला कारोबार भएको चांदी प्रतितोला रु ६० ले बढेर रु एक हजार आठ सय पाँच पुगेको महासंघले जनाएको छ।