धनगढी । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ओमप्रकाश पुनले बझाङको उपचुनाव आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । पार्टी केन्द्रको तर्फबाट जिम्मा लिएर चुनाव परिचालनमा खटिएका पुनले पहिलो चरणको घरदैलो सकिँदासम्म आइपुग्दा माओवादीको पक्षमा जनताको समर्थन बढ्दै गएको बताए ।
बझाङको प्रदेशसभा क्षेत्र नं. १ (क) का सातवटै पालिकामा कमाण्डर तोएिको पुनले जानकारी दिए । उम्मेदवारसहित पहिलो चरणको घरदैलो अभियानबाट उत्साहित माओवादी दोस्रो चरणको जनभेटघाटको तयारीमा जुटेको छ ।
पुनले चुनाव जित्ने पहिलो आधार माओवादीको परिवर्तनमा भएको परिवर्तन भएको बताए । यही व्यस्थाको लागि बझाङी जनताले जनयुद्धमा रगत र पसिना बगाएको बताउँदै पुनले यो क्षेत्रमा माओवादी उम्मेदवार १० बर्षपछि जनताबीच आएको बताए ।
त्यसैगरी माओवादी उम्मेदवारसँग अन्य पार्टीका उम्मेदवारको व्यक्तित्वमा ठूलो अन्तर छ । माओवादी उम्मेदवार चुनावी मैदानमा उत्रिएका जनकबहादुर बुढा ‘सुदिप’ दोस्रो संविधानसभा सदस्य भइसकेको र पार्टीको प्रदेश कमिटीको सचिव भएको समेत हुन् । उम्मेदवारको व्यक्तित्व पनि चुनाव जित्ने आधारको रुपमा पुनले लिएका छन् । बुढा जिल्लामा विवादित नभएका र निस्कलंक नेताको रुपमा रहेका छन् ।
एक दशकसम्म आफ्नो उम्मेदवारलाई भोट हाल्न नपाएका यो क्षेत्रका जनता, समर्थक र कार्यकार्ता खुशी भएको पुनले दाबी गरे । त्यस्तै, जनयुद्धदेखि अहिलेसम्म जनतासँग जोडिएर सेवाका विभिन्न कार्यमा संलग्न भएका कारण पनि बुढाले जित्ने माओवादीको दाबी छ ।