आज :

बन्यजन्तु संरक्षणबारे पाँंचदिने कार्यशाला सुरु

  • अनलाइन डबली

काठमाडौं । वन्यजन्तुहरुबाट सर्नसक्ने रोगको सम्भाव्यता र प्रभाबबारे अध्ययन थालिएको छ । सोमबारदेखि राजधानीमा सुरु भएको वन्यजन्तु संरक्षण सम्वन्धी पाँंचदिने कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो । नेपाल इन्जिनियरिङ कलेज (नेक) प्राकृतिक श्रोत व्यवस्थापन संकायलगायतको आयोजनामा सुरु भएको जिव विज्ञान सम्वन्धी कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो । नेकको प्राकृतिक श्रोत व्यवस्थापन संकाय प्रमुख डा.नारायणप्रसाद कोजूले पाँंचदिनसम्म राष्टिय तथा अन्तर्राष्टिय प्राध्यापक र विद्यार्थीको संलग्नतामा यसबारे छलफल सुरु भएको बताए ।

छलफलको क्रममा बन्यजन्तु संरक्षण, तिनीहरुबाट मानवमा हुनसक्ने सरुवा रोगको सम्भाबना र प्रभाव, वन्यजन्तु सम्वन्धी अध्ययनको तरिका, संकलित तथ्यांकको विश्लेषणलगायतका विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल हुने उनले बताए । साथै वन्यजन्तु सम्वन्धीको विज्ञान पत्रकारिताबारे पनि छलफल हुने उनले जनाए । त्यस क्रममा वन्यजन्तुबारे समाचार लेख्न सूचना सकलन तरिका, लेखन आदिबारे पनि छलफल हुने उनले सुनाए । कार्यशालामा ११ वटा विश्वविद्यालयका २५ जना विद्यार्थी र आठ जना प्राध्यापकहरु संलग्न रहेको जनाइएको छ । कार्यशालामा विद्यार्थीहरुकोतर्फबाट स्नातक उतीर्ण, स्नातकोतर अध्ययनरत विद्यार्थी सहभागी भएको जनाइयो ।

कार्यशालामा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, त्रिविअन्तर्गतका आंगिक क्याम्पस तथा आयोजक नेककै गरी विभिन्न विषयका अनुसन्धानकर्मीहरुले अनुसन्धान विधि, प्रयोगबारे छलफल हुने जानकारी गराइने बताइयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, युनिभर्सिटी अफ वासिंगटन, त्रिभुवन विश्वविद्यालयलगायतबाट सहभागी भएका छन् । कार्यशालामा नेपालका प्राकृतिक श्रोतसाधन र जैविक विविधताका विषयमा अध्ययन अनुसन्धान, मुलकुको प्राकृतिक श्रोतसाधन तथा जैविक विविधताको महत्व, प्राकृतिक श्रोतसाधन तथा जैविक विविधबारे छलफल हुने जनाइयो । प्राकृतिक श्रोतसाधन तथा जैविक विविधको संरक्षण र सम्वर्दन, प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानको प्रयोगात्मक विधिबारे चर्चा गरिने जनायो । साथै प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानका लागि प्रयोग हुने उपकरणबारे पनि छलफल हुने जनाइयो ।

प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अनुसन्धानका सैद्धान्तिक कुराकानी पनि हुने जानकारी गराइयो । कार्यशालाको छोटो अवधिले अनुसन्धानका विविध विषयहरुबारे जानकारी प्राप्त गर्न सकिने विश्वास गरिएको छ । यस्ता कार्यशालाको निरन्तरताको आवश्यकताबारे चर्चा गरिने जनाइएको छ । पहिलो दिन प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानबाटै मलुकको आर्थिक, शैक्षिक वैज्ञानिक उन्नति गर्न सकिने सम्भाबनाबारे चर्चा भयो । प्राकृतिक श्रोत साधनमा विश्वले गरेको अनुभवको आदानप्रदान गरी कार्यक्रम चल्ने जनाइयो । कार्यशाला शुक्रबारसम्म चल्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal