आज :

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा सहभागी हुने निर्णय गर्ने 

  • अनलाइन डबली

काठमाडौँ । सरकारमा सहभागिता हुनेबारे निर्णय गर्न नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ । महासचिव घनश्याम भुसालका अनुसार केन्द्रीय कार्यालय आलोकनगरमा विहान ११ बजे बैठक बस्न लागेको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्’, नेकपा एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । आज बैठक बसेर सरकारमा सहभागि हुनेबारे निर्णय गर्ने बताइएको छ ।

सम्मानित नेता झलनाथ खनालले औपचारिक प्रस्ताव आए सरकारमा सहभागी हुने यसअघि बताइसकेका थिए ।

अध्यक्ष नेपालले आफूलाई कुनै जानकारी नदिएर नयाँ गठबन्धन गरिएको भन्दै असन्तुष्टी पोख्दै आएका थिए । मंगलबार प्रचण्ड र ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे जानकारी गराएका  थिए ।

महासचिव भुसालले प्रचण्डको प्रस्तावलाई आफूहरुले सकारात्मक रूपमा लिएको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal