आज :

चंखेली गाउँपालिकाका पूर्वअध्यक्ष धनलाल चौलागाईंसहित ८ जनाविरुद्ध मुद्दा

  • अनलाइन डबली

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चंखेली गाउँपालिका हुम्लाका तत्कालनि अध्यक्ष धनलाल चौलागाईंसहित ८ जना विरुद्ध मंगलबार भ्रष्टाचार मुद्धा दायर गरेको छ।

चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सव–इन्जिनियर अजय भन्ने अज बहादुर बुढाले २०७४÷०७५ मा हुम्ला, चंखेली गाउँपालिका वडा नं. ३ स्थित मेलादेखि बासलधारासम्मको सडक निर्माण योजनामा मिलेमत्तोमा हुँदै नभएको काम पूरा गरेको गलत प्रतिवेदन बुझाई १० लाख २९ हजार तीन सय पच्चीस रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले उल्लेख गरेको छ।

तत्कालिन गाउँपालिका र वडा कार्यालयकै अधिकारीहरुको मिलेमत्तोमा सडक निर्माण कार्यको नापजाँच नै नगरी काम नै नभएको योजनाको काम भएको गलत प्राविधिक मूल्याङ्कनसहित प्रतिवेदन तयार पारेर,उपभोत्ता समितिलाई रकम भुक्तानि गरेको उल्लेख गर्दै अख्तिायारका प्रवक्ता नरेश घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिवादीहरु धनलाल चौलागार्इं, विष्णु बहादुर शाही, रुद्र बहादुर वली र अज बहादुर बुढाले नभए नगरेको कामको समेत भए गरेको भन्ने गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरी गराई सोहीको आधारमा भुक्तानी सदर तथा भुक्तानीको लागि पेश गरी सोही प्रतिवेदनको आधारमा भुक्तानी गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय गर्न मागदाबी गरिएको छ ।’

मिलेमत्तोमा बढी भुक्तानि लिने उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर बुढा र सचिव हंश बहादुर ऐडीले झुटो विवरण देखाई गर्दै नगरेको कामको १० लाख २९ हजार तीन सय २५ रुपैयाँ लिएको भन्दै बिगो सहित उनिहरुलाई ऐनको दफा ८ को उपदफा (४) बमोजिम कारबाही गर्न अख्तियारले माग गरेको छ ।

‘टेक बहादुर बुढा र हंश बहादुर ऐडीलाई भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा ड को उपदफा (द्ध) बमोजिमको कसुरमा बिगो रु.१०,२९,३२५ (दश लाख उनान्तीस हजार तीन सय पच्चीस रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत गर्न मागदाबी गरिएको छ,’ अख्तियारले विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दामा उल्लेख छ ।

यस्तै,अख्तियारले चंखेली गाउँपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष सालीग्राम ऐडीले बाटो निर्माण कार्य सम्पन्न नहुँदै सम्पन्न भएको झुटो सिफारिस गाउँपालिकालाई गरेकोले ऐडीलाई समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुरमा कैद, जरिवाना र सजायको माग गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal