आज :

आज देशभरको मौसम बदलीः धेरै स्थानमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात 

  • अनलाइन डबली

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर मौसम बदली रही धेरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मौसम सामान्य बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरको मैसम सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।

साथै,बाँकी भू–भागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

आइतबार राती देशभरको मौसम आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण हिजो र आज (आइतबार) देशका धेरै स्थानमा छिटफुट देखि हल्का वर्षा भैरहेको छ ।

शनिबार सबैभन्दा धेरै जुम्लामा १६ दशमदब १ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै डडेलधुरामा ११ दशमलब ६ र धनगढीमा १० मिलिमिटर वर्षा भएको छ ।

सोमबारबाट भने क्रमिक रूपमा मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal