चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दायाँबायाँ नहुने बताएका छन् । शुक्रबार चितवन पुगेका देउवाले राष्ट्रिय सभा अध्यक्षको विषयले गठबन्धनमा केही फरक नपर्ने बताएका हुन् ।
भरतपुर भ्रमण वर्षमा सहभागी हुन शुक्रवार चितवन पुगेका पूर्व प्रधानमन्त्री देउवाले “गठबन्धन केही पनि हुँदैन । गठबन्धन निरन्तर जान्छ र यसमा ढुक्क हुन आग्रह गर्दछु” भने ।
नेकपा (माओवादी केन्द्र)ले फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेसँगै यसलाई काँग्रेसले कसरी लिन्छ र गठबन्धन के हुन्छ भन्ने प्रश्न उठिरहेको छ । काँग्रेस र माओवादी दुबै पार्टीले अध्यक्ष दाबी गरिरहेका छन् ।