
काठमाडौँ । प्रथम दक्षिण एशियाली एकायन कराते प्रतियोगिता २०८० मा महिला ४५ केजी मुनि ताैल समूहमा कास्य पदक विजयता बिपना घिसिङ, पुरुष ३५ केजी मुनि ताैल समूहमा स्वर्ण पदक बिजेता प्रबिन श्रेष्ठ र रजत पदक बिजेता सायन भुजेल सम्मानित भएका छन् । काठमाडौं महानगरपालिका २० वडा भगवतीवारि मरुहिति स्थित शान्ति निकुञ्ज माध्यमिक बिद्यालयले शुक्रबार एक सम्हारोहबीच बिजयिता खेलाडीलाइ सम्मान गरेको हो ।
बिजयी खेलाडी विपना घिसिङ, प्रबिन श्रेष्ठ कक्षा ७ र सायन भुजेल कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई बिद्यालयका प्रधानाध्यापक राधेश्याम प्रधान लगायत बिद्यालयका शिक्षक र शिक्षिकाहरूले सम्मान गर्नु भयो । उक्त सम्मान कार्यक्रममा विद्यार्थीहरुको व्यापक उपस्थिति रहेको थियोे भने पदक विजयता खेलाडीहरुलाई नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष एवं एकायन करातेका जन्मदाता श्रीकृष्ण डंगोलबाट तीन जना खेलाडीहरुलाई एक बर्ष सम्मको लागि छात्रवृत्ति प्रदान गर्ने जानकारी दिनुभयो ।
नेपाल अधिराज्य बाट १०० जना र भारत, पाकिस्तान, श्रीलंका, बगलादेश, भुटान गरि ४० जना महिला र पुरुष गरि जम्मा १४० जना खेलाडीको सहभागीता रहेको उक्त प्रतियोगिता नेपाल एकायन कराते संघको आयोजनामा काठमाडौं नयाँबजार खुसिबु स्थित बहुउद्देश्यीय मार्शल आर्ट केन्द्रमा माघ १६ र १७ गते दुई दिन सम्म संचालन भएको थियो ।