आज :

प्रधानमन्त्री कप : पुलिसको लगातार छैटौं जित, कर्णाली प्रदेश ६ विकेटले पराजित

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब नेपाल पुलिसले लगातार छैटौं जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशमाथि ६ विकेटको फराकिलो जित निकालेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले ४२.५ ओभरमा सवै विकेट गुमाएर १७१ रन बनाउन सक्यो । जवाफमा पुलिसले २३.४ ओभरमा ४ विकेट गुमाएर जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दा कर्णालीको सुरुआत भने उत्कृष्ट रहेको थियो । ओपनिङ जोडीले ६३ रनको साझेदारी गर्दै अघि बढाएका थिए ।

ओपनिङ आएका कप्तान रविन्द्र शाहीले ४० रनको पारि खेल्दा अर्का ओपनर निश्चल रावल ५० रनको अर्धशतकीय पारि खेल्दै रनआउटको शिकार बने ।

त्यसपछि  अर्जुन घर्तीले २३ रन बनाउँदा दिवान पुनले २० रन जोडे । अरु व्याटर चल्न नसक्दा कर्णाली अन्ततः ४२.५ ओभरमा १७१ रनमा समेटियो ।

पुलिसका सागर ढकालले ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट हात पारे । यस्तै, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले एक एक विकेट लिए ।

१७२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको पुलिसले सजहै जिन निकाल्न सफल भयो । पुलिसका ओपनर दिलिप नाथले नटआउट ७५ रन बनाउँदा कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका थिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन जोड्दा आरिफ शेख ९ रनमा आउट भए । अर्जुन साउद २ रनमा नटआउट हरँदा अमित श्रेष्ठले १ रन बनाए ।

कर्णालीका प्रकाश जैसीले २ विकेट लिँदा दिवान पुन र दीपेन्द्र रावतले एक एक विकेट लिए ।

लगातार छैटौं जित निकालेको पुलिस १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । पराजित भएको कर्णाली प्रदेश भने ७ खेलबाट ६ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal