आज :

प्रधानमन्त्री कप: बगमतिको चौथो जित, शीर्ष स्थानमा उक्लियो

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा बागमति प्रदेश विजयी हुँदै शीर्ष स्थानमा उक्लिएको छ । मूलपानी मैदानमा सोमबार भएको खेलमा बागमतिले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले २४.२ ओभरमा सवै विकेट गुमाएर ७८ रनमात्रै बनायो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक २३ रन बनाउँदा निश्चल रावलले १३ रन जोडे । अरु दोहोरो अंकमा रन बनाएनन् भने अतिरिक्त नै १७ रन आएको थियो ।

बागमति प्रदेशका रिजन ढकालले ५ विकेट लिँदा कृजन गुरुङले २ विकेट हात पारे । यसैगरी प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले एक एक विकेट लिए ।

७९ रनको एकदमै झिनो लक्ष्य बगमति प्रदेशले १३ ओभरमा ३ विकेट गुमाएर पूरा गररको थियो । इशान पाण्डेले ४० रन बनाउँदा रविन जोशीले १६ र अशोक पौडेलले ६ रन नटआउट बनाएर खेल जिताए । कप्तान तिर गौतम ८ तथा आशुतोष घिररैयाले ९ रनमा आउट भए । बगमतिले गुमाएका सबै ३ विकेट दिवान पुनले हात पारे ।

जितसँगै बागमतिले ६ खेलबाट ८ अंक बनाएर शीर्ष स्थानम उक्लिदा सुदूरपश्चिम, नेपाल पुलिस र मधेश प्रदश समान ६ अंकसहित शीर्ष चारमा रहेका छन् । कर्णाली प्रदेश भने प्रतियोगितामा २ खेलमात्रै जित्न सफल भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal