आज :

आईसीसी यू–१९ क्रिकेट विश्वकपको १५औं संस्करण आजदेखि

  • अनलाइन डबली

काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकपको १५औं संस्करण दक्षिण अफ्रिकामा आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने विश्वकप माघ २८ (फेब्रुअरी  ११)  सम्म चल्ने छ ।

विश्वकपका खेलहरु पोचेस्ट्रम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना गरिने छ भने सबै खेल नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछन् ।

विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । समूह ’ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ’बी’ मा  भने इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह ’सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन् ।

विश्वकपको पहिलो दिन आज समूह ’ए’ का आयरल्यान्ड र अमेरिकाबीच तथा समूह ‘बी’ मा दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल हुँदैछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो पौन्य २ बजेबाट सुरु हुनेछ ।

नेपालले भने आफ्नो पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।

यू १९ विश्वकपका सबै ४१ वटा खेल टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुने आईसीसीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal