काठमाडौँ । हनुमान ढोका दरवार क्षेत्रमा अहेको पुरानो जिल्ला प्रहरी परिसर काठमाडौँको भवन भत्काएर खुल्ला गर्नु पर्ने माग स्थानीय तथा पुरात्त्वले गरेपनि नेपाल प्रहरीले असमति जनाउदै आएको छ। बिश्व सम्पदा क्षेत्र कुरूप तथा जोखम पूर्ण देखिएको यो भवन भूकम्पले जिर्ण भएको कारण उक्त भवन भत्काइ खालि गर्नु पर्ने भन्दै स्थानीय बासीले माग गर्दै आएका छन् । उनीहरुले पुरातत्व बिभाग संग यो भवन हटाउन आग्रह गरेका हुन। तर प्रहरीले साढे दुइ रोपनी क्षत्रमा रहेको उक्त स्थानमा बसन्तपुरको ऐतिहासिकटस संग मिल्ने गरि प्रहकै म्युजिएम बनाउने गरि योजना सार्ने तैयारी गरेको छ। साथै भवन भएको जग्गा नेपाल प्रहरीकै स्वामित्वमा भएकाले यसलाई प्रहरीकै प्रयोजनमा ल्याउन नेपाल प्रहरीको भनाइ रहेको छ। यस बारे जिल्ला प्रहरी परिसर टेकुमा छल फल भैरहेको प्रहरीको भनाइ छ। बिस २०१२ देखि २०७२ सम्म परिसरको कार्यालय हनुमान ढोका बात नै सेवा दिदै आएको थियो । २०७२ सालको महाभूकम्पले भवनमा क्षेति गरेपछि टेकु स्थित सरेको हो। भूकम्पले बस्न नहुने गरि क्षति भएको यस भवनमा हाल सुरक्षाका लागि केहि प्रहरी मात्रै बस्दै आएका छन्।