आज :

हमास र इजरायलबीच युद्धविराम २ दिन थप

  • अनलाइन डबली

काठमाडौं।  गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको छ । सोमबार चार दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले दुई दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका थिए ।

इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले सोमबार साँझ गाजा पट्टीमा थप दुई दिनका लागि मानवीय युद्धविराम लम्ब्याउने सहमति भएको बताए । द्वन्द्वरत पक्षबीच चार दिने युद्धविरामको अन्तिम दिन घोषणा गरिएको हो ।

हमासले पनि कतार र इजिप्टसँग इजरायलसँगको मानवीय युद्धविरामलाई दुई दिन लम्ब्याउन सहमत भएको विज्ञप्ति जारी गरेको छ । हमासका एक अधिकारीले कतार र इजिप्टका प्रयासमा अस्थायी मानवीय युद्धविराम थप दुई दिन लम्ब्याउन सम्झौता भएको बताएका थिए ।  सम्झौताका सर्तहरूमा कुनै परिवर्तन भएको छैन । यसपटक पनि सम्झौतामा विगतको युद्धविरामको जस्तै शर्त रहनेछ ।

यसैबीच, प्यालेस्टिनी कूटनीतिज्ञ रियाद अल्माल्कीले युरोपेली संघ, पश्चिम एसियाली र उत्तर अफ्रिकी देशहरूका सदस्यहरूसँगको बैठकमा गाजामा युद्धविरामलाई थप गर्न जोड दिन अनुरोध गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal