आज :

नर्भिकले बोनस सेयर र नगद लाभासं गरि ४२ प्रतिशत बितरण गर्ने, एक वर्षमा १ लाख ५८ हजार बिरामीको उपचार

  • अनलाइन डबली

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले गत आर्थिक बर्ष २०७९।८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस शेयर र नगद लाभासं गरि ४२ प्रतिशत बितरण गर्ने भएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको यही शुक्रबार काठमाण्डौंमा सम्पन्न साधरणसभाले आर्थिक बर्ष २०७९।८० को मुनाफाबाट २० प्रतिशत बोनस शेयर तथा २२ दशमलव १ प्रतिशत नगद लाभासं ९कर सहित० बितरण गर्ने प्रस्ताव पारीत गरेको हो ।

संस्थाका संस्थापक तथा रणनितिक सल्लाहकार बसन्त कुमार चौधरी र अध्यक्ष राजेन्द्र बहादुर सिहंद्वारा संयुक्त रुपमा उदघाट्न गरिएको उक्त समारोहमा नर्भिक हस्पिटलले गत आर्थिक बर्षमा गरेको आय र व्यायको विवरण समेत सार्वजनिक गरिएको थियो ।

नर्भिक हस्पितालले गत एक बर्षको अवधिमा एक सय ९० करोड रुपैया आम्दानी गरेको छ भने खुद् मुनाफा १२ करोड ५४ लाख रुपैया आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत सिइओ अजय कुमार मिश्रले जानकारी दिनुभयो ।

नर्भिकले पछिल्लो एक बर्षमा एक लाख ५८ हजार बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको छ ।

नर्भिक हस्पिटलले गत आर्थिक बर्ष २०७९।८० को अवधिमा बहिरङ्ग (ओपडी) सेवा तफ १ लाख ४२ हजार, अन्तरङ्ग सेवा (आईपीडी) तर्फ ८ हजार ५ सय, र इमरजेन्सीतर्फ ७ हजार ५ सय बिरामीलाई सेवा प्रदान गरेको हो ।

नर्भिक हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक शनिबार निःशुल्क क्लिनिक, उद्धार तथा उपचारका विविध गतिविधिहरू पनि संचालन गर्दै आएको छ ।

नर्भिकले अष्ट्रेलिया जानेहरुका लागि स्वास्थ्य परीक्षणका साथै युके भिजाका लागि समेत आवश्यक स्वास्थ्य परीक्षण गर्न थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal