Skip
आज :

भाषा संरक्षण चुनौतीपूर्णः परराष्ट्रमन्त्री साउद

  • अनलाइन डबली

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले देशको भाषाको संरक्षण चूनौतीपूर्ण रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम समाज, काठमाडौंको १४औं साधारणसभा समारोहलाई सम्बोधन गर्दै उनले भाषा, भेषभूषा बचाउनका लागि निकै समस्या रहेको भन्दै मूल रुपमा देशको भाषको संरक्षण चुनौतीपूर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘भाषालाई मूल रुपमा संरक्षण गर्न चुनौती छ । केही समस्या छन् । हाम्रो भाषा हाम्रो भेषभूषा बचाउनका लागि बडो गाह्रो छ ।’

उनले हस्तानतरण हुँदै आएका परम्पराहरुलाई आउँदो पुस्तालाई सुरक्षित हस्तान्तरण गरेर समाजको चक्रबाट बिदा लिनुपर्ने धाराणा राखे ।

मन्त्री साउदले भने, ‘श्रुतिको आधारमा निरन्तर हाम्रा परम्पराहरु हामीसम्म हस्तान्तरण हुँदै आएका छन् र हाम्रो दायित्व के हो भने ती मूल्य, मान्यता, पद्धति र परम्पराहरु हाम्रो भेषभूषाका कुराहरु जीवनपद्धतिका कुराहरु आउँदो पुस्तालाई सुरक्षित हस्तान्तरण गरेर समाजको चक्रबाट हामी बिदा हुनुपर्छ ।’

सुदूरपश्चिमका भाषा, संस्कृतिले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुगेको साउदले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal