आज :

बर्दियामा आगलागीमा परी ३ जना बालबालिकासहित चारको मृत्यु

  • अनलाइन डबली

बर्दिया । बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।

शुक्रबार राती गुलरिया नगरपालिका वडा नं ४ तुलापुरस्थित करिस्मा चन्दको घरमा आगलागी भएको हो । सो घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सुतिरहेको समयमा आगलागी हुँदा तीन जना बालबालिका सहित चारको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा छन् । २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ ।

राति करिव १० बजे आगलागी भएको र आगलागीको कारणबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सिराम अर्यालले जानकारी दिए।

साँझ खाना खाईसकेपछि आगो तापेर सुतेको र त्यसैबाट आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal