आज :

राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकीसँग सम्बन्ध सुमधुर हुँदैनः अध्यक्ष ओली

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध नहुने टिप्पणी गरेका छन् ।

बुधबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले छिमेकी मुलुकको संवेदनशीलता बुझेको भन्दै सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर एवं राष्ट्रिय हितलाई तिलाञ्जली दिएर मात्र नहुने बताएका हुन् ।

उनले भने, ‘हामीले हाम्रा छिमेकीहरुका संवेदनशीलता बुझेका छौं । हामी छिमेकीसँग झगडा गर्न चाहँदैनौं । सुमधुर सम्बन्ध चाहन्छौं । तर आत्मसमर्पण गरेर, राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, घुँडा टेकेर स्वाभिमान छोडेर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुने होइन । मन कुँड्याएर र हेपिएको बोध गरेर सम्बन्ध सुदृढ हुने होइन ।’

अध्यक्ष ओलीले देशको सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतामाथि प्रहार भइरहँदा त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको आरोप लगाए ।

उनले भने, ‘हाम्रो देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता जुन गर्वको कुरा हो, त्यो स्वभाविमानमाथि प्रहार भएको छ । त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको छ । बहुत गम्भीर र देशका लागि खतरनाक कुरा यही छ ।’ उनले एमालेले हिंसाको बाटो नभई शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँडेर जनताको बल प्रयोग गर्ने बताए ।

मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्पयात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ ।

आन्दोलनका केही सर्त रहेको भन्दै ओलीले भने, ‘हामी हिंसाको बाटो हिँड्दैनौं । शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँड्छौं । जनताको बल प्रयोग गर्ने भनेका छौं, हिंसाको बाटोबाट होइन ।’

त्यसपछि नेतृत्वको विभिन्न तहमा छलफल गर्ने अनि एउटा सही र सर्वसम्मत निष्कर्षका साथ मैदानमा उत्रिने ओलीले बताए ।

देशलाई निकास दिने बाटो एमालेले नसमाते अरुले त्यो रिक्ततालाई पूरा गर्ने बताउँदै ओलीले भने, ‘हेर्दाहेर्दै कसैका खल्तीबाट भुर्र परेवा उडाउन सक्छ है । जादू गर्दिए जस्तो गर्न सक्छ, चटक गर्दिएजस्तो गर्न सक्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal