आज :

फिफा विश्वकप २०२६ छनोट : नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदै, दर्शकलाई निःशुल्क यातायात सुविधा

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा यमनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल साँझ ७ बजे दशरथ रंगशालामा सुरु गर्ने जनाएको छ ।
फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ । तर आज घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ ।

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेमा चारवटै खेलमा हार व्यहोरेको छ ।

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको आग्रहमा एन्फाले खेललाई साँझ ७ बजे सञ्चालन गर्ने लागेको जनाएको छ । सोमबार प्रशिक्षक अनेसेले ७ बजे खेल सुरु गर्दा कार्यालय समय सकेपछि घरेलु दर्शकको समर्थन नेपाली टोलीलाई हुने भन्दै समर्थनको लागि दर्शकलाई रंगशालामा आगन आग्रह गरे ।

यता, मंगलबारको लागि एन्फाले साँझ ७ बजे खेल राखेसँगै समर्थकहरुलाई घर फर्कन निशुल्क बसको व्यवस्था पनि गरेको छ । यसका लागि टिकटको अर्धकट्टी भने देखाउनुपर्नेछ । दर्शकहरुको सुविधाका लागि उपत्यकाको विभिन्न ठाउँमा बसको व्यवस्था गरिएको प्रतियोगिता संयोजक दीपक खतिवडाले बताए ।

‘हामीले दर्शकहरुलाई घर फर्कन बसको व्यवस्था गरेका छौं । कति दर्शक उपस्थित हुनुहुन्छ त्यहि अनुसार बस संख्या निर्धारण हुन्छ । अहिलेलाई रंगशालाबाट सुन्धारातर्फ, टेकुतर्फ र थापाथलीतर्फ बस लाम लगाएर राख्ने योजना बनाएका छौँ,’ थापाले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal