आज :

शान्ति खल्बल्याउन खोजेकाले सामाजिक सञ्जाल नियन्त्रण आवश्यकः मन्त्री किराती

  • अनलाइन डबली

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालको दुरुपयोगले देशको शान्ति खल्बल्याउने काम भइरहेको दाबी गरेका छन् ।

सोमबार ललितपुरमा आयोजित नेपाल संवाद शिखर सम्मेलन–२०२३ लाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोगले शान्ति खलल गर्न खोजिरहेको भन्दै यसलाई सही समयमा नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

‘सामाजिक सञ्जालको दुरुपयोग एउटा चुनौती छ । यसले पनि शान्ति खलल गर्न खोजिरहेको छ । एक हातमा भाला र अर्को हातमा माला बोकेर लड्ने भनेर विभिन्न ठाउँबाट अमुक व्यक्तिले अँध्यारोमा हिंसा भड्काउने अभिव्यक्ति दिएको सामाजिक सञ्जालमा देखेको थिएँ । यसलाई सही समयमा नियन्त्रण गर्नुपर्छ’ किरातीले भने ।

किरातीले देशमा शान्ति प्रक्रियाको तार्किक निष्कर्ष र संविधान कार्यान्वयनको विषय पनि प्रमुख चुनौतीको रुपमा रहेको धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal