आज :

तिहार-छठ सकिँएसँगै तरकारीको मूल्य घट्यो, १० रुपैयाँमै पाउँछ काउली र फर्सी

  • अनलाइन डबली

काठमाडौं। तिहार-छठ सकिँएसँगै हरियो तरकारीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ ।

निर्धारित बजार थोक मूल्य अघिल्लो साताको तुलनामा झन्डै आधा हो ।

समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ ,सानो गोलभेडा लोकल २० रुपैयाँ, रातो आलु ५४ रुपैयाँ,सेतो आलु  ३५ रुपैयाँ,प्याज सुकेको भारतीय ९० रुपैयाँ रहेको छ ।

यस्तै, समितिले आजको लागि गाजर प्रतिकेजी ५०,बन्दा लोकल ५४, स्थानीय काउली १०, मूला रातो ३०,सेतो लोकल मूला १०,भन्टा लाम्चो २०,मकै बोडी ५०, भटमासकोशा ८०,घिउ सिमी लोकल २०, राजमा सिमी ६०, तितो करेला ९०,लौका २५,परवल लोकल ५०,घिरौला २५,फर्सी पाकेको ३०,हरियो फर्सी डल्लो १० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

रायो साग ३०,पालुंगो १००,चमसुर ११०,तोरी ३०, हरियो प्याज ८०, च्याउ कन्य ७०, डल्ले च्याउ २५०, कुरीलो ९००, ब्रोकाउली ५० रुपैयाँ तोकिएको छ ।

फलफूलको मूल्य भने उस्तै रहेको बताइएको छ । आज फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै, केरा १६०,कागती १२०,अनार ४००,कालो अंगुर ३८०,सुन्तला नेपाली ८०, मौसम ९०, जुनार २२०, आभोकाडो २०० र किवि २२० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal