आज :

भूकम्प पीडितको लागि आजबाट अस्थायी आवासको निर्माण: प्रभाकर 

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनादर्न शर्मा ‘प्रभाकर’ ले भूकम्प पीडितको लागि पहिलो चरणको राहत सम्बन्धि कार्य स्थगित गरेर दोस्रो चरणको अस्थायी आबास निर्माणकाे सुरु भएको बताएका छन् ।

रातदिन रुकुम पश्चिमका भूकम्प पीडितकै लागि खटिरहेका प्रभाकरले पहिलो चरणको कार्यमा सहयोग गर्ने नेपाल सरकारसँगै सहयोग संस्था तथा व्यक्तिहरुलाई धन्यवाद समेत दिएका छन् । पहिलो चरणको राहत समबन्धी अनुगमन र आवश्यक सामाग्री आपूर्ती कार्य पूरा भएको प्रभाकरले बताएका छन् ।

माओवादी केन्द्रको संगठन विभाग प्रमुख समेत रहेका प्रभाकरले आजबाट भत्केका संरचना हटाउने र अस्थायी आवासको निर्माणको प्रक्रिया थालनी गर्ने जानकारी दिएका छन् । उनले उद्योगहरुले जाजरकोट, रुकुम पश्चिम र सल्यानको लागि जस्तापाता उपलब्ध गराउन तीनै जिल्लालाई पायक पर्नेगरी सम्पर्क कार्यालय स्थापना गर्न समेत आग्रह गरेका छन् ।

त्यसैगरी ट्वाइलेट प्यान, सुधारिएको चुलो र सिमेन्ट बोर्डलगायतका सामाग्री अव आवश्यक भएको भन्दै प्रभाकरले सहयोग गर्न अपील समेत गरेका छन् ।

सामाजिक संजालमा प्रभाकरले लेखेका छन्ः 

आजबाट पहिलो चरणको राहात सम्बन्धि अनुगमन कार्य यही स्थगित गरिएको छ । पहिलो चरणमा आवश्यक सामाग्रीहरु आपुर्ति गर्ने कार्य मुलभूत रूपमा पूरा भएको छ। अति आवश्यक सामाग्री आपूर्ति गर्ने कार्य जारी रहनेछ।

नेपाल सरकारलगायत सहयोगी संघसंस्थालाई हार्दिक आभार व्यक्त गर्दछु । अब भोलीदेखि भत्केका संरचना हटाउने र अस्थायी आवासको निर्माण प्रक्रिया थालनी गर्नेछौँ। उद्योगहरुले जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका लागि जस्तापाताहरू उपलब्ध गराउन तिनै जिल्लालाई पायक पर्नेगरी सम्पर्क कार्यालय स्थापना गर्न अनुरोध गर्दछु। सहयोगी संघ संस्थाहरुलाई ट्वाइलेट प्यान, सुधारिएको चुलो र सिमेण्ट बोर्ड लगायतका आवश्यक सामाग्रीहरु उपलब्ध गराउन हार्दिक अपील गर्दछु ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal