आज :

माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ: प्रवक्ता सापकोटा

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी गरिएको बताएका छन् ।

शुक्रबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसन दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले पार्टी मुख्यालय कोटेश्वरमा आयोजना गरेको कार्यक्रममा सापकोटाले शान्ति प्रक्रिया टुङ्गाउन प्रधानमन्त्रीले नचाहेको आरोप लगाउँदै आफ्नो पार्टी विरुद्ध घेराबन्दी गरिएको बताएका हुन् ।

“माओवादी आन्दोलनलाई हिंसा भन्ने यो शान्ति प्रक्रिया रोकेको चै प्रधानमन्त्रीले हो भन्नेजस्ता कुरा गरेर भन्ने मान्छेले त सोँचेको होला मैले खुब भने भनेर त्यो त खसेको हो । तल गिरेको हो । यसैगरी हो थाहै नपाईकन हामी बिग्रिन्छौं । चिप्लिन्छौँ । त्यसकारण हामी फेरी बर्बाद भएपछि त भई हाल्यो । सबैभन्दा ठूलो कुरो चै के हो भने नैतिक बल आचरण हो । अहिले हाम्राविरुद्ध सारा घेराबन्दी भइरहेको छ । यो चिर्नका लागि हामीले मेहनेत र परिश्रम गर्नुपर्छ र हामी नैतिकतामा अडिग हुनुपर्छ” कार्यक्रममा सापकोटाले भने ।

प्रवक्ता सापकोटाले नैतिकतामा भन्दा ठूलो तागत र ज्ञान आफूले नदेखेको समेत बताए ।

एक अर्को प्रसंगमा सापकोटाले समाजवादको यात्रा कठिन नभएको बताए । उनले आफ्नो पार्टीले सचेततापूर्वक सामाजवादको बाटोमा हिड्न थालेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal