काठमाडौं । तिहारको लक्ष्मी पूजाको दिन पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ । प्रहरीका अनुसार देवचुली नगरपालिका–९ एसमोडमा आइतबार विहान भएको दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठका अनुसार मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेका छन् भने एक जनाको गम्भीर घाइते अवस्थामा उपचार भइरहेको छ ।
बुलिङटारबाट कावासोतीका लागि हिंडेको नु२ ज ३२७० नम्बरको जीपमा ७ जना सवार थिए । उनीहरु तिहार मान्ने क्रममा यात्रामा रहेको बताइएको छ ।
जिपमा ७ जना सवार थिए । मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।


अनलाइन डबली


