काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाँदै छन् । युरोप भ्रमण स्थगित गरेर उनी भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम जान लागेका हुन् ।
राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न आज बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार यही कात्तिक २२ गते राष्ट्रपति पौडेल फ्रान्स जाने तयारी थियो । फ्रान्सबाटै जर्मनी र इटाली भ्रमणलाई रोकेर राष्ट्रपति भूकम्प पीडितको अवस्था बुझ्न प्रभावित क्षेत्र जाने लागेका हुन् ।
यसअघि मन्त्रिपरिषद् बैठकले फ्रान्सको पेरिसमा हुने ‘पीस फोरम’मा सहभागी हुने राष्ट्रपति पौडेललाई स्वीकृत दिइसकेको थियो तर देशमा भूकम्प संकट निम्त्याएको बेला विदेश भ्रमण नगर्ने राष्ट्रपतिले घोषणा गरेका थिए ।


अनलाइन डबली


