Skip
आज :

नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन राष्ट्रसंघको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउँन संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

चारदिने औपचारिक भ्रमणको क्रममा नेपाल आएका महासचिव एन्टोनियो गुटरेससँग सिंहदरबारमा भएको भेटवार्तापछि प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले गुटेरेसको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

भेटमा मौसम परिवर्तनसँग सम्बन्धित विषय, नेपालमा त्यसको नकारात्मक परिणाम र त्यसलाई कम गर्न अन्तरर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले खेलेको भूमिकाबारे चर्चा भएको पनि बताए ।

“मुख्य रुपमा हाम्रो मौसम परिवर्तनसँग सम्बन्धित विषयमा हामीले गम्भीर रुपले चर्चा गरेका छौँ र नेपालमा त्यसको नकारात्मक परिणाम छ त्यसलाई कम गर्नको लागि अन्तराष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेलेको भूमिकाको हामीले उच्च प्रशंसा गरेका छौँ र आउँने दिनमा अझ ठूलो सहयोगको अपेक्षा हामीले गरेका छौँ । नेपालको शान्ति प्रक्रिया अन्तरगत जुन अन्तिम चरणमा छ त्यसलाई टुङ्गोमा पु¥याउँन पनि अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा पनि गरेका छौँ” प्रधानमन्त्रीले भने ।

त्यसैगरि नेपालको आर्थिक विकास र समृद्धिको कुरा, एलडिसिबाट ग्रयाजुयट् हुने प्रक्रियालाई सहज बनाउँन र एसडिजीमा २०३० सम्मको लक्ष्य प्रक्रियाको लागि पनि सकारात्मक छलफल भएको उनको भनाई छ ।

महासचिवको भ्रमण अन्तर्राष्ट्रिय सम्बन्धलाई सहजीकरण गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा महासचिव गुटेरस नेपाल भ्रमणको क्रममा गएराति नेपाल आइपुगेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal