Skip
आज :

कोशी प्रदेशमा एमालेको सहयोगमा कार्की मुख्यमन्त्री नियुक्त, काँग्रेस र माओवादीले पनि समर्थन गर्ने

  • अनलाइन डबली

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । गठबन्धन तथा आफ्नै पार्टीको निर्णयविरुद्ध नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका कार्कीलाई शनिबार विहान प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अदालतको आदेशमा मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले बहुमत नपाउने भएपछि असोज २० गते पदबाट राजिनामा गरेका थिए । कार्कीले राजिनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान गरेका थिए ।

सत्ता साँझेदार दलहरुले मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अगाडि सारेका थिए । तर गठबन्धन र आफ्नै पार्टी नेपाली काँग्रेसको निर्णयविरुद्ध कार्कीले ८ सांसदसहित एमालेको समर्थनमा  मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

एमालेका ४० र काँग्रेसका ८ सांसदको समर्थन जुटाएपछि आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णयलाई धक्का लागेको थियो ।

सहमतिको लागि सभापति शेरबहादुर देउवाले दाबी फिर्ता लिएर गठबन्धनको निर्णय अनुसार अगाडि बढ्न निर्देशन दिएका थिए । नेता शेखर कोइराला र महामन्त्री गगन थापाको ‍साथ पाएका कार्कीले दाबी फिर्ता लिएनन् ।

प्रदेश प्रमुखले दुबैतिर सांसदहरुले दुबैतिर हस्ताक्षर गरेकाले सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने बताएका थिए ।

आज दिउँसो २ बजेसम्मको सनाखतको समय दिएका प्रदेश प्रमुखले केन्द्रमा भएको सहमति अनुसार शनिबार विहान कार्कीलाई मुखयमन्त्री नियुक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal