आज :

अरबौंको राजस्व चुहावट रोक्न टेरामक्स,कल ट्यापिङ् हल्ला मात्रैः एनटिए

  • अनलाइन डबली

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण(एनटिए)ले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम(टेरामक्स)ले टेलिकम कम्पनीहरुबाट हुने अरबौंको राजस्व चुहावट नियन्त्रण गर्ने प्रष्ट्याएको छ । आईतबार एनटिएले एक पत्रकार सम्मेलन गरि प्रयोगकर्ताको कल तथा म्यासेज ट्यापिङ हुने विषय हल्ला मात्रै भएको बताएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषेत्तम खनालले टेरामक्स बारे अनर्गल प्रचार भएको र त्यसलाई खण्डन गर्न र त्यसको प्राविधिक कार्यलाई प्रष्ट पार्न उत्पादक कम्पनिका प्राविधिकलाई सत्यता बताउने वातावरण मिलाएको बताए । सो टेरामक्सले नितान्त कल बाईपास लगायतका कार्यलाई निन्त्रण गरेर राजस्व चुहावटलाई रोक्ने बाहेक अरु कुनै उद्देश्य नरहेकोले सबैलाई विश्वस्त रहन आग्रह गरे । टेलिकम कम्पनीहरुलाई लक्ष्यीत गर्दै अध्यक्ष खनालले प्रश्न गर्दै भने, “देशमा सिम बिक्रिमा वृद्धि भएको भएई छ, दूरसञ्चार प्रयोगकर्ता बढीरहेको छ तर २५/२५ अरब घाटा भयो भन्न सुहाउँ छ, यो त सरासर झूट भएन र ?” हामिले अहिलेसम्म परम्परागत गरिकाले अनुगमन गर्यौं तर खासै पार लागेन अब यो प्रविधिले प्रश्ट पार्ने छ कि घाटा कसरी भइरहेको छ । खनालले अगाडी थपे ।

लेबनानको भेनराईज सोलुसन् कम्पनिको उत्पादन टेरामक्सबाट आएका एनटिएका टेक्निकल कन्सल्ट्यान्ट मोहमद हर्बले पावर प्रेजेन्टेसन् गरि टेरामक्सले प्रविधिकरुपमा कसरी काम गर्छ भनेर बिस्तृत जानकारी दिएका थिए । हर्बले टेरामक्सको मुख्य काम भनेकोे टेलिकम भ्वाइस कल र एसएमएस बाइपासलाई नियत्रण गर्ने मोडुल मात्रै भएको जानकारी दिए । हर्बले आफ्नो कम्पनीले विश्वका विभिन्न मुलुकहरुमा सफल परिक्षण पछि नेपालमा आएकोले सम्पूण सरोकारवालाहरुलाई विश्वस्त हुन आग्रह गरे ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीको ट्राफिक र नेटवर्क निगरानी एवं ‘फ्रड’ व्यवस्थापनका लागि टेरामक्स प्रणाली सञ्चालनको क्रममा छ । तर, यो निगरानी प्रणालीलाई लिएर टेलिकम कम्पनी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)सँग असन्तुष्ट बन्दै आएका छन् ।

टेरामक्स अर्थात् ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ टेलिकम कम्पनीको मोबाइल स्विचिङ सेन्टरमा जडान हुन्छ । मोबाइल स्विचिङ सेन्टर फोन नेटवर्ककको मुख्य भाग हो, यसैबाटै प्रयोगकर्ताहरुबीचको फोन कल र म्यासेज साटासट हुने गर्छ ।

टेरामक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोन कल एवं म्यासेजको निगरानी र त्यसको गुणस्तर मापन गर्ने प्राधिकरणले जनाएको छ । यसले अनधिकृत ‘कल बाइपास’को पनि निगरानी एवं निरीक्षण गर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको टेरामक्सले टेलिकमको नेटवर्कमा भएको फोन कल विवरण जस्ताको त्यस्तै देखाउने प्राधिकरणको दाबि छ ।

अफू घाटामा रहेको देखाउँदै आएका टेलिकम कम्पनीहरुको फोन कलमै कमी आएको हो या विवरण चुहावट हो भन्नेतर्फ प्राधिकरण चनाखो हुन खोजेको देखिएको छ । टेरामक्सको चर्चासँगै आफुले बुझाउने राजस्व एवं ट्राफिकको विवरणमाथि प्राधिकरणले आशंका गरेको भनेर पनि टेलिकम कम्पनी असन्तुष्ट हुँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal