आज :

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै, महासंघलाई धोकेबाज घोषणा

  • अनलाइन डबली

काठमाडौं । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् ।

शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् ।

शिक्षकहरुले आन्दोलनलाई थप सशक्त प्रदर्शन गर्न विभिन्न संघर्ष समितिलगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय अनुसार आज प्रदर्शन गर्न लागेका हुन् ।

त्यस्तै पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको मागलाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको पनि जानकारी दिएको छ ।

नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको भन्दै सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका थिए । राहत अन्तरगत अध्यापन गराइरहेका केही शिक्षकहरुले महासंघलाई धोकेबाज घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal