काठमाडौँ । रुसले दुई जना अमेरिकी कुटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसमा बसेर अवैध गतिविधि गरेको भन्दै रुसले उनीहरुलाई सात दिनभित्र रुस छोड्न आदेश दिएको छ ।
मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेर अवैध गतिविधि गरेकोले देश निकाला गरेको रुसी अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
अमेरिको रुसको यो निर्णयको विरोध गर्दै रचनात्मक कुटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले रुसी निर्णयका लागि मस्कोलाई उचित जवाफ दिने बताउनु भएको छ।