काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनबाट उद्धव थापा नियुक्त भएका छन् । नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको दाबी पेश गरेका थिए ।
सभामुख बाबुराम गौतमले थापालाई मत दिएपछि थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले थापालाई नियुक्त गरेका छन् ।
थापालाई नेपाली काँग्रेसका २९ प्रदेशसभा सदस्य, सभामुखसहित माओवादी केन्द्रका १३ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना सांसदले समर्थन गरेका थिए ।