काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रको अक्सिजन प्लान्ट टेण्डरमा ३ करोड घोटला भएको खुलासा भएको छ । केन्द्रका निर्देशक बसन्त अधिकारीको ‘सेटिङ’ मा उक्त घोटला भएको हो ।
अधिकारी यसअघि केन्द्रको निर्देशक हुँदा आह्वान गरिएको उक्त टेण्डरमा एउटा कम्पनीको स्पेकमा अर्को कम्पनीको सस्तो प्लान्ट ल्याएर जडान गरिएको छ । उक्त टेण्डरमा ६ वटा प्लान्ट खरिद गरिएको थियो भने बज्रबाराही, मिथिनकोट अस्पतालमा प्लान्ट प्रयोगमा आउन सकेको छैन ।
एक अधिकारीका अनुसार अन्य चारवटा प्लान्ट पनि पटक पटक बिग्रिने गरेको छ । कमिसनको चक्करमा सस्तो समान ल्याएकै कारण मर्मत खर्च नै अत्यधिक भएको बताइएको छ ।
अधिकारीले भुक्तानी गरेको प्लान्टमा उत्पादन नं. मोडल नं. र कम्पनी नाम पनि स्क्याच गरिएको छ । स्पेक अनुसारको समान नल्याइएकोले उत्पादन नं., मोडल नं. र कम्पनी नाम पनि स्क्याच गरिएको एक कर्मचारीले बताए । यो भ्रष्टाचारको प्रमाण भएको एक कर्मचारी बताए।
केन्द्रमा तीन वर्ष बसेर थुप्रै ‘सेटिङ’ गरेको आरोप लागेका अधिकारी पुनः अहिले निर्देश बनेका छन् । उच्च राजनीतिक पहुँचका आधारमा अधिकारीले स्वस्थ्य उपकरण खरिदमा खुलमखुला नीतिगत भ्रष्टाचार गर्ने गरेको स्रोतको दाबी छ ।