आज :

सुदूरपश्चिम प्रदेशमा माओवादीबाट सरकारको नेतृत्व झपट साउदले गर्ने 

  • अनलाइन डबली

धनगढी । एक सय दिनपछि सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएको छ । माओवादी दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको हो ।

मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले शनिबार नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराएका थिए । शनिबारै नेपाली काँग्रेसबाट थप एकजना मन्त्रीले शपथ लिएका छन् ।

माओवादी केन्द्रबाट झपट साउदले सरकारको नेतृत्व गर्नेछन् । उनले सामाजिक विकास मन्त्रालयको जिम्मा पाएका छन् । रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सोही मन्त्रालयमा गीतादेवी माललाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसकै प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले मागेको मन्त्रालय नपाएपछि शनिबार सरकारमा सहभागी भएन । नाउपाले आफूले सामाजिक विकाससहित दुई मन्त्रालय पाउनुपर्ने बताउँदै आएको थियो । तर, मुख्यमन्त्री शाहले मागेको मन्त्रालय दिन कठिन हुने बताएपछि अन्तिममा आएर नाउपाले सरकारमा सहभागी नभएको हो ।

गठबन्धनमा नाउपालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिने सहमति भएको थियो । अहिले उक्त मुख्यमन्त्री शाहले आफू मातहत राखेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal