आज :

रास्वपाको बैठक सकियो, गृहमन्त्रालय दिए रवि सरकारमा सहभागी हुन तयार !

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने विषयमा निर्णय लिन बैठक बसेको थियो ।

बैठकले पार्टीका ३६ विभागको जिम्मेवारी समेत तोकेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । सरकारलाई दिएको समर्थनबारे निर्णय लिन शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने ढकालले जानकारी दिए ।

रविले पुनः उपप्रधानसहित गृह मन्त्रालय पाए सरकारमा सहभागी हुने बताइएको छ । त्यसबारे प्रधानमन्त्री प्रचण्डको औपचारिक धारणाको माग गरेको एक नेताले बताए । त्यसको लागि शुक्रबारसम्म सरकारलाई समय दिएको बताइएको छ ।

बैठकमा सभापति लामिछानेले आफ्ना मागबारे प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिएको एक नेताले बताए । प्रधानमन्त्री सकारात्मक भएकोले शुक्रबारसम्म पर्खिनुपर्ने धारणा लामिछानेले राखेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले पनि सोमबार चितवनको एक कार्यक्रममा लामिछाने सरकारमा सहभागी हुन सकारात्मक भएको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal