आज :

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई, ‘उचित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । काठमाडौंमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरे लगत्तै प्रधानमन्त्रीले बधाई दिनुभएको हो ।

प्रधानमन्त्रीले सामाजिक संजाल ट्वीट गर्दै भन्नुभयो, ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई, क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

बर्षाका कारण त्रिवि क्रिकेट मैदानमा भएको खेल रद्द भएपछि नेपाल समूह विजेता घोषित गरिएको थियो । नेपालले राम्रो प्रदर्शन गरेको थियो ।

अब नेपालले उपाधिको लागि  यूएईसँग खेल्ने भएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal