दलित मुक्ति मोर्चाको कर्णाली प्रदेश समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । नेपाल दलित मुक्ति मोर्चाको प्रथम सम्मेलनको प्रदेश अध्यक्षमा दिनेश चनारा सर्वसम्मत चयन भएका छन्। नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेशको ४ / ५ गतेको प्रथम सम्मेलनमा अध्यक्ष चनाराको नेतृत्वमा ९९ सदस्यीय मोर्चाको कर्णाली प्रदेश समिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा उपाध्यक्ष हिरा सुनार सुर्खेत ,खुला उपाध्यक्षमा बबिता चनारा जाजरकोट ,प्रमुख सचिव लाल बहादुर सिर्पाली रुकुम पश्चिम ,सह सचिव मोहनलाल चनारा मुगु, सह सचिव तीर्थ सुनार दैलेख, सह सचिव नैनसिंह नेपाली हुम्ला ,सदस्य अबिसरा कुमाल लगायत ९९ सदस्यीय चयन हुनुभएको सह सचिव नैनसिंह नेपालीले जानकारी दिए ।
मोर्चाको प्रथम सम्मेलनमा उद्घाटनका प्रमुख अतिथि नेकपा माओवादी पार्टीका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश पार्टी इन्चार्ज कालिबहादुर मल्लले दलित समुदायहरूलाई नीति निर्माण गर्ने ठाउँ मा राज्यको हरेक अङ्गमा दलितको प्रतिनिधित्व हुने गरि संविधान छ इन्चार्ज मल्लले आजको राज्य संरचना र व्यवस्थाको आधार माओवादी नै भएको जिकिर गर्दै यसबाट प्राप्त भएका अधिकार अझै जातीय मुक्तिका लागी अभियान चलाउनु पर्ने कुरालाई जोड दिनुभएको छ ।
सम्मेलनमा प्रमुख अतिथि माओवादी पार्टीका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश पार्टी इन्चार्ज कालिबहादुर मल्ल विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसी , कर्णाली प्रदेशको पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही , वर्तमान मुख्यमन्त्री राजकुमार शर्मा कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्री मङ्गल बहादुर शाही भौतिक पूर्वाधार राज्यमन्त्री उर्मिला विश्वकर्मा , कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियार , दलित आन्दोलनको नेता पुर्व मन्त्री दलजित शेर्पाली, पूर्व कर्णाली प्रदेश सभा सदस्य रातो कामी र्, कर्णाली प्रदेशको पूर्व कानुन मन्त्री सीता नेपाली सभा अध्यक्ष पार्वती बिक शान्ता लगायत आयोजक समितिका सदस्यको सहभागिता थियो।