Skip
आज :

ढाकाकुमार श्रेष्ठको बयनले रास्वपामा खैलाबैला, कारवाहीबारे नेताहरु विभाजित

  • अनलाइन डबली

काठमाडौँ । दुई करोडको घुस प्रकरणसँग मुछिएका सांसद ढाकाकुमार श्रेष्ठको वयनले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा खैलाबैला मच्चिएको छ । निलम्वित सांसद श्रेष्ठले बयनको क्रममा आफूलाई कारवाही गरे ‘कोर टिम’ बारे सार्वजनिक गर्ने चेतावनी दिएको सार्वजनिक भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई निलम्बन गरेर छानविन सुरु गरेको थियो । सो क्रममा अनुसशान समितिले श्रेष्ठसँग बयन लिएको हो ।

बयनको क्रममा श्रेष्ठले आफूलाई षड्यन्त्रपूर्ण ढंगबाट फसाउन खोजिएको बताउँदै आरोप अस्वीकार गर्दै आएका छन् । आफूमाथि षड्यन्त्र भएको बेला पार्टीले पनि बचाउन नलागेर असहयोग गरे आफूलाई सह्यै नहुने बताएको संचारमाध्यमहरुमा सार्वजनिक भएको छ ।

सांसद श्रेष्ठसँगको बयनपछि समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमाथि छलफल गर्न बोलाएको बैठक निर्धारित समयसम्म सुरु हुने सकेको छैन ।

श्रेष्ठको बयनले पार्टीका शिर्ष नेताहरु नै विभाजित हुँदा बैठक बस्न नसकेको बताइएको छ । सभापति रवि लामिछानेसहित केही नेताहरु तत्काल कारवाही गर्नु पक्षमा छन् भने केही नेताहरु निलम्बनमै राखेर थप अनुसन्धान गर्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal