काठमाडौं । ११ दिन पैदल हिडेर न्यायको लागि काठमाडौं पुगेका मिटरब्याजी पीडितहरुले राप्रपाका सांसद ज्ञानेद्रबहादुर शाहीलाई बहिस्कार गरेका छन् । धर्ना बसिरहेका मिटरब्याजीहरुप्रति ऐक्यवद्धता जनाउन शाही माइतीघर पुगेका थिए । तर पीडितहरुले शाहीलाई धर्न स्थल प्रवेश गर्न दिएनन् ।
शाही केही युट्युबरलाई साथमा लिएर माइतीघर पुगेका थिए । तर आफ्नो पीडालाई राजनीतिकरण गर्ने भन्दै शाहीलाई बाहिस्कार गरिएको पीडितहरुले बताएका छन् । पीडितहरुले सुरुमै विरोध जनाएपनि धर्ना स्थल छिर्न खोजेपछि उनीहरुविरुद्ध नाराबाजी गरिएको थियो ।
धर्नमा बसेकाहरुले शाहीलाई राजावादी र सामन्तवादी भन्दै नाराबाजी गरेका थिए । उनीहरुले आफ्नो दुःखमा शाही साथ दिन भन्दा पनि राजनीतिक फाइदा लिन आएकोले बहिस्कार गरेको बताएका छन् ।