आज :

नशामा झ्याप भएर नेपाल प्रहरीका जवानले सडकमै देखाए यस्तो हर्कत, त्यसपछि जे भयो, भिडियोसहित

  • अनलाइन डबली

काठमाडौँ । शुक्रबार सप्तरीको राजविराजदेखि भारतीय सीमासम्म जोडने कुनौली सडकमा एक प्रहरी जवान नशामा लट्ठिएर गलत हर्कत देखाएको भिडियो सार्वजनिक भयो।

मनोज सहनी नामका व्यक्तिले ट्वीटरमा नेपाल प्रहरीको ट्वीटर एकाउन्टमा ह्यासट्याग गरेर सार्वजनिक गरेका उक्त भिडियोबारे बुझ्ने प्रयास गरेको छ।

भिडियोमा देखाइएका व्यक्ति प्रहरी जवान सञ्जीव कुमार राय यादव हुन्। उनी सीमा क्षेत्रमा गस्तीमा खटिएका थिए। कसिलो ज्यान भएका यादव प्राय नशामै रहने गरेको एक स्थानीय बताउँछन्।

आधा शरीर मात्रै ढाक्ने कपडा लगाएर हातमा लौरो लिएर ‘आईज ए कस्ले रेकर्ड गर्न खोजेको एसके यादव हो मेरो नाम ल ’ भन्दै उनी त्यहाँको वातावरण अशान्त बनाउँदै हिँडिरहेको देखिन्छ।

प्रहरीको काम शान्ति सुरक्षा र अमनचयन कायम गर्नु मुख्य कर्तव्य हो। तर, यादवले नाशामा चुर भएर प्रहरीको मर्यादा विपरीत शान्तिपूर्ण वातावरण खलबलाउँदै गरेको देखिन्छ।

यसबारे सप्तरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीसँग बुझ्दा उनले प्रहरी जवान यादवलाई निलम्बन गरिएको जानकारी दिए।

उनले भने,‘ प्रहरीको नियमावलीविपरित हर्कत गरेका जवान यादवलाई निलम्बन गरिएको छ। उनलाई विभागीय कारबाही हुन्छ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal