आज :

पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष कार्यकक्षमै कुटिइन, पक्राउ परे यस्ता व्यक्ति

  • अनलाइन डबली

धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ ।

पञ्चेश्वर गाउँपालिका–३ का दीपकबहादुर चन्दले रक्सीले मातेर शुक्रबार कार्यकक्षमा प्रवेश गरेर आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले चन्दलाई शनिबार पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।

‘मदिरा सेवन गरेर चन्द आफ्नो कार्यकक्षमा प्रवेश गर्दै आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै उपाध्यक्ष ज्यूले निवेदन दिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको छ,’ जोशीले भने, ‘घटनाबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउछौँ ।’

उपाध्यक्ष भट्ट भने चन्दविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्न इलाका प्रहरी कार्यालय पाटन पुगेकी छन् । गाउँपालिकामा विद्युत विस्तारको ठेक्कामा काम गरेका चन्दले ठेकेदारबाट लिनुपर्ने ज्याला नपाएको भन्दै आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दिन लागेको बताइन् ।

भट्टले दुर्व्यवहार गर्ने चन्दलाई कारबाहीको माग गर्दै गाउँपालिका महासंघमा समेत उजुरी दिएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal