काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो दिनका कार्यक्रममा व्यस्त रहने देखिएको छ । उनी आज शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता र दिनभर शुभकामना दिन आउनेसँग भेट गर्ने भएका छन् ।
त्यसैगरी बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम पनि तय भएको पौडैलको सचिवालयले जानकारी दिएको छ।
पशुपतिको दर्शन सकेर राष्ट्रपति पौडेल आजै ११ बजे सुन्दरीजल पनि जानेछन्। त्यहाँ रहेको बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ। बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बिपी संग्रहालयमा परिणत गरिएको छ।
कांग्रेसका नेताहरु कुनै कामको सुरुवात गर्दा सुन्दरीजल पुग्ने गरेका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित पौडेल पनि त्यहाँ पुग्न लागेको उनको सचियालयले जनाएको छ ।


अनलाइन डबली


