आज :

युक्रेनमा रुसी सैन्य कारवाहीको एक वर्षः पश्चिमा देशहरु युक्रेन खरानी भएकाे हेर्न चाहन्छन् !

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमा सैन्य कारवाही सुरु गरेको एक वर्ष पूरा भएको छ । युक्रेनलाई नेटोमा सहभागी गराएर रुसी सुरक्षालाई चुनौती दिने तयारी भइरहेको बेला एक वर्ष पहिले रुसले युक्रेनमा सैन्य कारवाही सुरु गरेको थियो ।

रुसी सैन्य कारवाहीपछि युक्रेन पूरै अस्तव्यस्त र जर्जर अवस्थामा पुगेको छ । रुससँग युद्ध नजित्ने पक्का हुँदाहुँदै पनि युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्की अमेरिकासहित पश्चिमा देशहरुको सहयोगमा लडिरहेका छन् । अहिले युक्रेन अन्धकारमय छ, विद्युत आपूर्ती बन्द छ ।
युक्रेनी जनता अन्धकारमय जीवन बिताइरहँदा पनि अमेरिकाले थप हतियार सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । युक्रेनलाई पश्चिमा देशहरुले थप लामो दूरीका हतियार दिएका छन् ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेन द्वन्द्वलाई शान्तिपूर्ण रुपमा समाधान गर्न चाहेको बताएका छन् । रुसी संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको डोनबास क्षेत्रको द्वन्द्वलाई शान्तिपूर्ण माध्यममार्फत् समाधान गर्न चाहेको बताए ।

सम्बोधनका क्रममा पुटिनले शान्ति सम्झौतामा पश्चिमा मुलुकको प्रतिबद्धता झुटा सावित भएको बताए । युक्रेनले जैविक र आणविक हतियार जम्मा गरेको बताउँदै पुटिनले त्यसले गम्भीर परिणाम निम्त्याउने बताए ।

पश्चिमाहरूले राजनीतिक हत्या र विश्वासघातको प्रयास गरेको पनि पुटिनले दाबी गरेका छन् । पुटिनले पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको बताएका छन् ।

पुटिनले शान्तिपूर्ण समाधान खोजिरहेको बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको भ्रमण गरेर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई युद्धको लागि उक्साइरहेका छन् । बाइडन युक्रेन पुगेर थप सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका थिए । बाइडनको नयाँ प्रतिवद्धताले पश्चिमा देशहरुलदे युक्रेन अझै ध्वस्त भएको हेर्न चाहेको अन्तर्राष्ट्रिय मामिलाका जानकार बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal