आज :

आईसीसी विश्वकप लिग–टूः घरेलु सिरिजमा स्कटल्यान्डमाथि नेपालको २ विकेटको रोमाञ्चक जित

  • अनलाइन डबली

काठमाडौं । नेपालले घरेलु मैदानमा भएको विश्वकप लिग–२ क्रिकेटमा स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा मंगलबार भएको खेलमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

नेपालका जितको लागि रोहित कुमार पौडेलले ९५ रनको अर्धशतकीय ईनिङ खेले । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे ।यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिजमा क्लिन स्वीप गरेको छ । नेपालले लिग–२ मा पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो ।

करण केसीले ३७ बलमा ३१ रन बनाए । ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुँदा कुशल मल्लले १७ रन बनाए । त्यसैगरी आसिफ शेखले १२ तथा सन्दीप लामिछानेले ९ रन बनाए ।

ओपनर कुशल भुर्तेल १ रनमा आउट भए भने सन्दीप जोराले १ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ७ तथा सोमपाल कामीले २ रन बनाए । नेपालको जितमा रोहित र करणले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal