काठमाडौं । नक्खु चोकमा मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टर खुलेको छ । सौन्दर्यकर्मी मुना लिम्बुद्वारा संचालनमा ल्याईएको उक्त पार्लर उद्घाटनमा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रेनु राना मगरको उपस्थिति रहेको थियो ।
आज भएको उद्घाटन कार्यक्रममा अतिथिले रिवन तथा केक काटि सम्पन्न भएको छ । उक्त अबसरमा सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
बिगत ६ बर्ष देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै देशमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरमा अनुभबी दक्ष सौन्दर्यकर्मी मार्फत महिलाहरुलाइ सौन्दर्य सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी मुना लिम्बुले बताइन। मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरमा ब्युटिसियन बन्न चाहने, शिप सिक्न चाहनेहरुको लागि ट्रेनिङको समेत ब्यवस्था गरिएको छ।
प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरकी अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ठ सौन्दर्यबिद रेनु राना मगरले पार्लरको रिबन काट्दै ‘आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुशी ब्यक्त गर्दै मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन ।’ यसैगरी स्वदेशमा नै व्यवसाय गरि रोजगारीको सिर्जना गर्दै आर्थिक रुपमा समेत सवल महिलाको रुपमा स्थापित भएकोमा सौन्दर्यकर्मी मुना लिम्बुलाइ व्यवसायिक सफलताको शुभकामना ब्यक्त गरिन्।


अनलाइन डबली


