काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन्।
बिहीबार भएको अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको निर्वाचन र आज बिहान सम्पन्न भएको मतगणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
मतगणनाको परिणामअनुसार बडालले ९ सय ६२ र लामिछानेले ३ सय ५६ मत प्राप्त गरेका हुन् ।
यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत) निर्वाचित भएका छन्। महासचिवमा नरेश रोकाया ७ सय ३३ मत प्राप्त गरी विजय भएका छन् । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।
निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा १ हजार ५ सय ८८ प्रतिनिधि सहभागी थिए ।


अनलाइन डबली


