आज :

सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा,जापानमा नोमिनेशन र अमेरिकामा अवार्ड हुने

  • अनलाइन डबली

काठमाडौं । सूर्य कर्पोरेशनले सन् २०१८ देखि शुरु गरेको सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ । २०१८ र २०१९ मा लगातर दुई संस्करण सम्पन्न भएको अवार्ड समारोहको तेस्रो संस्करण आगामी नोभेम्बरमा अमेरिकामा हुने गरी सोमबार दुबईमा जारी नेपाली सिनेमा फेस्टको औपचारिक कार्यक्रममा घोषणा गरिएको छ ।

कोरोनाका कारण लगातार दुई वटा संस्करण हुन नसकेको अवार्डको नोमिनेशन कार्यक्रम जापानमा गर्ने बताइएको छ । चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, सुर्य कर्पोरेशनका सिईओ बासुदेव लामिछने, अभिनेता शिव श्रेष्ठ, सन्दीप क्षेत्री, प्रशान्त ताम्राकारलागयतले अवार्डको बारेमा अनुभव सेयर गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

आयोजक सस्थाका अध्यक्ष बासुदेव लामिछनेले नेपाली फिल्मलाई डायस्पोरामा प्रवर्द्वन गर्नेले उदेश्यले निरन्तर अवार्डसहित अन्य कार्यक्रमहरु गर्दै आएको बताए । झन्डै ६ दर्जन कलाकारहरुसहित जापनमा नोमिनेशन कार्यक्रमको तयारी शुरु हुने पनि लामिछनेले बताए ।

फिल्म तर्फ अभिनेता, अभिनेत्री, सहायक अभिनेता, सहायक अभिनेत्री, निर्देशक र फिल्म गरी ६ वटा विधा अवार्डमा समाबेश छ । यस्तै संगीत तर्फ पप, आधुनिक र लोक गीतका गायक र गायिका गरी ६ वटा विधा समाबेश छ ।

अवार्ड समारोहमा लाईफ टाईम एचिभमेन्ट अवार्ड, बर्ष कलाकारिता सम्मान र चलचित्र पत्रकारीता पुरस्कार पनि बितरण गरिनेछ ।

यसै बर्षदेखि अवार्डमा संगीतकार, नव अभिनेता, अभिनेत्रीको अवार्ड पनि थपिएको छ । यस्तै फिल्मको संगीत तर्फ गायक र गायिका पनि थपिएको छ । विभिन्न क्षेत्रमा आफ्नो योगदान दिदै आएका ब्यक्तिहरुको सम्मानका लागि अनर अवार्ड पनि थपिएको छ । तेस्रो संस्करणदेखि अवार्डमा २० विधा रहने आयोजक संस्था सूर्य कर्पोरेशनले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal